logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थपिए १०६६ कोरोना संक्रमित, ९३८ जना संक्रमणमुक्त, १३ जनाको मृत्यु


अंकुरण खबर
780
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा १,०६६ जना कोरोना संक्रमित थपिएका छन् ।

१०,११३ जनामा गरिएको पिसिआर परीक्षणबाट ८९८ र ३,२५५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,९५,९५९ जनामा र एन्टिजेन परीक्षणबाट ९१,७२१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार आज ९३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसहित अहिलेसम्म निको हुनेको संख्या ७,६६,६९६ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,१४८ पुगेको छ ।

अहिले देशभरिमा १८,११५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।