logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकतर्फी रुपमा खुल्यो पुर्वी नाका काँकरभिट्टा


अंकुरण खबर
2.132K
Shares

पुर्वी नाका काँकरभिट्टा एकतर्फी रुपमा मात्र खुलेको छ ।

नेपाल सरकारले विहीबारदेखि काँकरभिट्टा र भद्रपुर नाका एकतर्फी रुपमा खुलाएको हो ।

छिमेकी मुलुक भारतसँग सीमा जोडिएको झापाको काँकरभिट्टा र भद्रपुर नाका पुरानै लयमा फर्किएको छ । तर, उता भारत सरकारले भने पानीट्याङ्की नाका खुलाएको छैन । पश्चिम बंगाल सरकारले खोप कार्ड देखाएर मात्र नेपाल आउन दिईरहेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिलसिंह दाहालले नेपाल सरकारले कोरोनाका कारण करिव डेढ वर्षपछि मात्र पुर्वी नाका काँकरभिट्टा खुल्ला गरेको बताए ।

भारतको पश्चिम बंगाल सरकारसँग आज (शुक्रबार) छलफल गरेर उताको नाका पनि खुलाउन पहल गरिने डीएसपी दाहालले जानकारी दिए ।