पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३५९ जना कोरोना संक्रमित थपिएका छन्।
जसमध्ये काठमाडौंमा २६६ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ४,४०९ रहेको छ।
जसमध्ये काठमाडौंमा २,५७८, भक्तपुरमा ८१९ र ललितपुरमा १,०११ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, पछिल्लो २४ घन्टामा देशभरिमा १,०६६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार आज ९३८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।