आज देशभर सामान्यदेखि आंशिक बदली रहि विभिन्न स्थानहरूमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश २ का धेरै र अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
नेपालमा हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अव्यबस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव परेकोले अहिले बिहान पनि देशभर केही ठाउँमा वर्षा भैरहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।