logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा २४ घण्टामा थपिए ४ लाख ६४ हजार बढी संक्रमित, ७,२५३ जनाको मृत्यु


अंकुरण खबर
1.339K
Shares

पछिल्लो २४ घण्टामा सबै भन्दा बढी अमेरिकामा कोरोना संक्रमित थपिएका छन् ।

यो अवधिमा ४ लाख ६४ हजार १ सय ४१ जना संक्रमित थपिदा अमेरिकामा मात्रै १ लाख१६ हजार ३६५ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै यो अवधिमा संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार २ सय ५३ जना रहेको छ भने,४ लाख ३२ हजार ९ सय ७५ जना संक्रमण मुक्त भएका छन् । अमेरिकामा मात्र ८२ हजार ३सय १६ जना संक्रमणमुक्त भएका हुन् ।

ओल्डोमिटरले उल्लेख गरे अनुसार यो अवधिमा बेलायतमा ३५ हजार ५ सय ७७ संक्रमित भएका छन् भने, ३१ हजार बढी संक्रमण मुक्त र १ सय २७ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा २३ हजार ९ सय १६ जना संक्रमित भएका छन् भने, भारतमा २५ हजार बढी संक्रमणमुक्त हुँदा २ सय ३३ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर कोरोना संक्रमणका कारण ४८ लाख ५ हजार ११ जनाको मृत्यु भएको छ भने, कुल संक्रमितको संख्या २३ करोड बढी छ । त्यस्तै संक्रमण मुक्त हुनेको संख्या २१ करोड १७ लाख ७७ हजार ६०२ जना रहेको छ ।