ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं ६ भदौरेमा गाडी दुर्घटना हुँदा १ जना घाइते भएका छन् ।
शनिबार(आज) बिहान चम्पादेवी ६ घोराखोरीबाट काठमाडौं जादैं गरेको बा ३ ख ९३०४ नम्बरको गाडी बिहान अन्दाजी ७ बजे भदौरेमा दुर्घटना हुँदा ६२ वर्षीय मिन बहादुर खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक उद्धव पोखरेलले जानकारी दिए । घाइते खड्काको ढाडमा गम्भीर चोट लागेकाले उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । बसमा सवार अन्य यात्रुको अवस्था सामान्य रहेको छ ।
बस अनियन्त्रित भै दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुसन्धान रहेको छ । चालक अरुण कार्की फरार रहेकाले उनको खोजी भैरहेको निरिक्षक पोखरेलले जानकारी दिएका छन् ।