पछिल्लो २४ घण्टामा मात्र छुट्टा छुट्टै भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
आज बिहान काठमाडौं महानगरपालिका १४ बल्खुमा बा ३ ख ९३६९ नम्बरको मिनी ट्रकले बा ८८ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार काठमाडौं सीतापाईला बस्ने कैलाली गोदावरी नगरपालिका १२ का २७ वर्षीय चेतराज जोशी रहेका छन् ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक काठमाडौं सीतापाइला बस्ने २२ वर्षीय ईश्वर भण्डारीको बयोधा अस्पातलमा उपचार भैरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै प्युठान मल्लरानी गाउँपालिका ४ घलडाँडामा ना ४ ख ५१९४ नम्बरको बसको ठक्करबाट पैदलयात्री प्युठान नगरपालिका १० बडरा घर भई मल्लरानी गाउँपालिका ४ टुनिखर्क बस्ने ५२ वर्षीय हुकुम नेपालीको शनिवार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै तेह्रथुम लालीगुराँस नगरपालिका ४ फुलेकमा ट्याक्टर दुर्घटना हुँदा शनिवार बिहान २ जनाको मृत्यु भएको छ । दुर्घटनामा लालीगुराँस नगरपालिका ५ बस्ने २२ वर्षीय पन्चबहादुर मङ्रातीको घटनास्थलमै र सोही ठाउँ बस्ने १६ वर्षीय छिनबहादुर सार्कीको बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै रुपन्देही गैडहवा गाउँपालिका ६, गुलरियामा यूपी ५५ डब्लु ९६३० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका ७ बस्ने ४५ वर्षीया बाचिदेवी हरिजनको शुक्रवार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै रौतहट, चन्द्रपुर नगरपालिका ५ चाँदीपुल नजिकै सडकमा यूपी ३५ एटी ४२७३ नम्बरको ट्रकले ना ३५ प १८९३ नम्बरको मोटरसाइकललाई शुक्रवार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका २ जुडिवेला बस्ने ३७ वर्षीय सोनालाल चौधरीको मृत्यु भएको छ ।
त्यस्तै चितवन भरतपुर महानगरपालिका ११ आँपटारीमा हाल नम्बर नखुलेको गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको शुक्रवार राति मृत्यु भएको हो।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ माथिल्लो नुनथलामा ट्याक्टर आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर शुक्रवार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही नगरपालिका ४ डाँडाखर्क बस्ने १९ वर्षीय डिलक्स राईको घटनास्थलमै मृत्यु भएको छ ।
प्युठान मल्लरानी गाउँपालिका ४ घलडाँडामा ना ४ ख ५१९४ नम्बरको बसको ठक्करबाट पैदलयात्री प्युठान नगरपालिका १० बडरा घर भई मल्लरानी गाउँपालिका ४ टुनिखर्क बस्ने ५२ वर्षीय हुकुम नेपालीको शनिवार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।