logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह


अंकुरण खबर
806
Shares

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् ।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता रत्न ढकालले जानकारी दिए ।

अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेतको पनि दाबी थियो ।