साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
अघिल्लो दिनको तुलनामा छापावाला सुन आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला दश रुपैयाँले बढे र तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।