गत शुक्रबारबाट शुरु भएको नेकपा (एमाले)को विधान महाधिवेशनमा विभिन्न तीन दस्तावेजमाथिको समूहगत सुझाव दिने कार्यक्रम सकिएको छ ।
तेस्रो दिन आइतबार राजनीति, सांगठनिक र विधान संशोधन प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको हो ।
हिजो (शनिबार) पाँच समूहले समूहगत सुझाव पेश गरेका थिए । बाँकी पाँच समूले आज सुझाव पेश गरेका हुन् ।
प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका साथै जनवर्गीय संगठनका समूहका नेताले आ–आफ्नो समूहको छलफलको निष्कर्ष पेश गरेको एमाले स्रोतले जनाएको छ ।
प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ शीर्ष नेताले दिएपछि आजनै महाधिवेशन समापन गरिने बताइएको छ ।