logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दसैँ-तिहारमा पनि चन्द्रागिरि केबुलकार खुल्ने


अंकुरण खबर
1.69K
Shares

चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ।

चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले दसैँ तथा तिहारमा चन्द्रागिरि घुम्न जाने पाहुनालाई लक्षित गरेर दसैँ तथा तिहारका सबै दिन केबुलकार तथा रिसोर्ट सञ्चालन गर्न लागेको जानकारी दिए।

हाल चन्द्रागिरि हिल्समा केबुलकारमार्फत एक हजार हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन्।

९० कोठा रहेको चन्द्रागिरि रिसोर्टसमेत दैनिक ६० प्रतिशत बुकिङ हुँदै आएको महाप्रबन्धक शाहले बताए।

चन्द्रागिरि हिल्सले दोस्रो चरणको कोरोना सङ्क्रमणको समयको सदुपयोग गर्दै भालेश्वर मन्दिरदेखि खेलमैदानसम्म १०० मिटर लामो जिपलाइनसमेत सञ्चालनमा ल्याएको छ।

उक्त जिपलाइनको मज्जा लिनका लागिसमेत दैनिक सयौँ पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन्। रासस