१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल श्रीलंकाबीच खेल हुँदै छ ।
माल्दिभ्समा जारी खेलमा नेपाली टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङको टीमले राति ९ः४५ मा खेल खेल्ने छ ।
नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने योजनामा छ । कप्तान चेम्जोङका अनुसार आज नेपालले श्रीलंकाविरुद्ध तीन अंकको लागि खेल्ने छ । यद्यपी श्रीलंका पनि राम्रो टिम भएकाले नेपालले जीत निकाल्न धेरै संघर्ष गर्नु पर्ने छ ।
यस अघि नेपालले पहिलो खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।