logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कस्तो छ आजको मौसम ?


अंकुरण खबर
663
Shares

अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा परेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। प्रदेश २ र कर्णाली प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ। प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षा पनि भइरहेको  महाशाखाको भनाइ छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै प्रदेश १, प्रदेश २ तथा बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तै, आज राती देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।