logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपाल अस्पतालबाट डिस्चार्ज, केही दिन घरमै आराम गर्न डाक्टरको सुझाव


अंकुरण खबर
754
Shares

स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डिस्चार्ज भएका छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको हो ।

उनलाई केही दिन घरमै आराम गर्न डाक्टरले सुझाव दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

नेपाल स्वास्थ्यमा समस्या देखिएपछि गत बुधबार अस्पताल भर्ना भएका थिए ।