logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद्मा प्रधानन्यायाधीशले भाग खोजेको भन्ने खबरप्रति सर्वोच्चको आपत्ति


अंकुरण खबर
1.105K
Shares

सर्वोच्च अदालतले प्रधानन्यायाधीशको नाम जोडेर सम्प्रेषण भएका खबरप्रति आपत्ति जनाएको छ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले एक विज्ञप्ति जारी गर्दै विभिन्न अनलाइनमा प्रधानन्यायाधिस चालेन्द्र शमशेर जबराबारे आएका खबरप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार अदालतले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको बताएको हो।

विज्ञप्तिमा भनिएको छ-‘अदालतको अमुक फैसला समेतका सन्दर्भ जोडी यसप्रकारका समाचार आउनु अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकुल प्रभाव पार्ने दुषित मनसाय बाहेक अरू केही हुन सक्दैन।’