logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समयकाे दबाबले आजै मन्त्रिपरिषद विस्तारको तयारी हुँदै छ : प्रचण्ड


अंकुरण खबर
2.353K
Shares

सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै (सोमबार) मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउने तयारी भइरहेको बताएका छन।

गठबन्धनमा आवद्ध दलहरूबीच मन्त्रिमण्डलको भागबण्डा नमिलेका कारण नयाँ सरकार गठन भएको करिव तीन महिना बितिसक्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको समयमा आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भएको प्रचण्डले बताएका हुन।

यसबीच, अध्यक्ष प्रण्चण्डले मन्त्रीहरूको टुंगो लगाई सक्दो आजै शपथ ग्रहण गराउने कोसिसमा आफूहरू लागिरहेको बताए । उनले भने, ‘क्याबिनेट आजै शपथ ग्रहण गराउने कोसिस अझै जारी छ।’

पार्टीको बुद्धिजीवि संगठनको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आजै मन्त्रिपरिषद्को विस्तारलाई अन्तिम रूप दिनका लागि आफूलाई समयको दबाब परिरहेको टिप्पणी गरेका छन ।