सिभिल बैंकका अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङ पक्राउ परेका छन् ।
सोमबार ठगी तथा रकम हिनामिनाको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबींं)ले तामाङलाई पक्राउ गरेको हो । तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको हो ।
तामाङले अहिलेसम्म ४६ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको प्रहरीमा उजुरी परेको थियो ।