logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चट्याङ लागेर बैतडीमा एक युवकको मृत्यु, तीन घाइते


अंकुरण खबर
1.131K
Shares

चट्याङ लागेर बैतडीको डिलाशैनी गाउँपालिका–५ खालीफाँटाका एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

गएराति चट्याङ लागेर खालीफाँटाका २७ वर्षीय महेश लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए।

उनका अनुसार तीन जना घाइते भएका छन्। घाइते हुनेहरुमा खालीफाँटाकै अम्बे लुहार, हरिचन्द्र कोली र दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का दीपक महर रहेका छन्।

घाइतेहरुलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।