logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशले बोलाए सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक


अंकुरण खबर
1.079K
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन्।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले केही समयपछि बैठक बस्ने जानकारी दिए । दशैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी दिए ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दी प्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।