logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा ४१.८४ अंकको बृद्धि


अंकुरण खबर
936
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको बृद्धि भएको छ ।

आज नेप्से ४१.८४ अंकले बढेर दुई हजार ६ सय १२ दशमलब ६४ विन्दुमा पुगेको हो । आज नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९९ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कमपनीहरुमा समता घरेलु लघुवित्त वित्तिय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तिय संस्था, छ्याङदी हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन् । आज यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ ।

नेप्सेका अनुसार आज एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १३ करोड भन्दा बढीको कारोबार भएको छ ।