चिनियाँ राजदूत होऊ यान्छीले नेपालसँगको सीमा ६० वर्षदेखि विवादरहित भएको दाबी गरेकी छन् ।
५ अक्टोबर १९६१ मा दुई मुलुकबीच सीमासम्बन्धी सन्धि भएको उनले उल्लेख गरेकी छन् ।
‘६० वर्षअघि आजकै दिन नेपाल र चीनबीच मैत्रीपूर्ण सीमासम्बन्धी सन्धि भएको थियो,’ राजदूत होऊले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रो सीमा त्यतिबेलादेखि नै विवादरहित छ ।’
दुई मुलुकबीचको सीमा मित्रताको बन्धन तथा लाभदायी सहयोगको सेतु बनेको उनले बताएकी छन् । सन् १९६१ यताका दुई मुलुकबीचमा मुख्य घटनाक्रमका तस्बिर उनले सेयर गरेकी छन् ।