logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा ९६८ नयाँ संक्रमित थपिँदा १,११४ जना संक्रमणमुक्त


अंकुरण खबर
871
Shares

नेपालमा पछिल्लो २४ घन्टामा नौ सय ६८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा नौ सय ६८ जनामा संक्रमण पाइएको हो।

योसँगै देशभर सक्रिय संक्रमित १६ हजार दुई सय ४८ जना छन्। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला आठ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला १९ छन्।

पछिल्लो २४ घन्टामा एक हजार ११४ जनाले संक्रमण जितेका छन्। योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने संख्या सात लाख ७१ हजार तीन सय ३८ रहेको छ। नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ६ प्रतिशत छ।

यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार एक सय ८० जनाको निधन भइसकेको छ।

हाल देशभर तीन सय ३५ जना सघन उपचार कक्ष (आइसीयू), एक सय २२ जना भेन्टिलेटर, १५ हजार एक सय १७ जना होम आइसोलेसन, एक हजार एक य ३१ जना संस्थागत आइसोलेसन र दुई सय ३७ जना क्वारिन्टिनमा छन्।