logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आज यी स्थानमा वर्षाको सम्भावना, यस्तो रहने आगामी तीन दिनको मौसम


अंकुरण खबर
1.079K
Shares

आज पनि देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार भारतको विहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले आज (बुधवार) नेपालमा देशभर विभिन्न स्थानमा मेघगर्जन चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अहिले बिहान आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै भोली (बिहिबार) र पर्सी शुक्रबार पनि मौसमको अबस्था यस्तै रहने छ । उक्त स्थानहरूका पहाडी भू भागहरूमा बाढी पहिरो र खोला,नदीहरुका बाढीको जोखिम रहेकाले आवश्यक सतर्कता अप्नाउन विभागले सबैमा आग्रह गरेको छ ।