logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिहीबारदेखि सर्वोच्च लगायत देशभरका सबै अदालत बन्द


अंकुरण खबर
832
Shares

घटस्थापनाको दिन अर्थात भोलिदेखि सर्वोच्च अदालतसँगै देशैभरका अदालतहरू बिदा हुने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको मंगलबार बसेको पूर्णबैठकले घटस्थापनादेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ३ गतेसम्म अदालतहरु बिदा गर्ने निर्णय गरेको हो ।

बैठकले दशैं बिदा र बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने न्यायाधीशहरूको रोस्टर पनि टुंगो लगाएको छ । न्यायाधीशहरूसँग छलफल गरी बारअनुसार न्यायाधीशको टुंगो लगाइएको हो ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दशैं बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणलगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिँदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।