logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुर्खेतमा अवतरण गर्न नसकेपछि बुद्ध एयरको जहाजलाई नेपालगञ्ज डाइभर्ट गरियो


अंकुरण खबर
1.612K
Shares

काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि यु ४–१३३  विमान विहान ८ बजे उडेको थियो। तर, सुर्खेतको मौसम सामान्य नहुँदा अवतरणमा मसस्या देखिएको थियो।

सुर्खेतको आकाशमा तीन फन्का लगाएको भएपनि मौसम नखुलेपछि विमानलाई नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्जमा जहाज अवतरण भइसकेको र मौसममा सुधार आउनासाथ सुर्खेत आउने बुद्ध एयरले जनाएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ५० जना सवार थिए।