logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सुनको मूल्य घट्यो


अंकुरण खबर
1.547K
Shares

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत मंगलबार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले नै घट्दै आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ ।