ललितपुर जिल्लामा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिन शुरू गरिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार जिल्लाअन्तर्गतका खोप केन्द्रहरूबाट ललितपुरवासीलाई भेरोसेल खोप दिन लागिएको हो ।
जिल्ला खोप समन्वय समितिको निर्देशनानुसार १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड–१९ फैलन सक्ने कुरालाई मध्यनजर गर्दै सबैलाई खोप दिने निर्णय गरिएको कार्यालयको भनाइ छ ।