logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बारामा करेन्ट लागेर एकजनाको मृत्यु


अंकुरण खबर
780
Shares

बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बारा महागढीमाई नगरपालिका -८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५/५० बर्षीय रामेश्वर महतोको मृत्यु भएको हो ।

आज बिहान ९स्३० बजे बारीमा जडान गरिएको पानी तान्ने मोटरमा लगाईएको तारबाट उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो।

घटनास्थल जाँच मुचुल्कापछि शव पोष्टमार्टमका लागि कलैया अस्पताल राखिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।