logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा बुधबार पनि दोहोरो अंकको बृद्धि


अंकुरण खबर
1.131K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार पनि दोहोरो अंकको उत्साहप्रद बृद्धि भएको छ ।

आज नेप्से ६८.४७  अंकले बढेर दुई हजार ६ सय ८१ दशमलब १० विन्दुमा पुगेको हो ।

त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकममा भने उल्लेखनीय प्रगति देखिएको छैन । आज ४ अर्ब ५० करोड ६ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २० कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथी, मिथिला लघुवित्त लगायत रहेका छन्।