logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा कार्यकारिणी समिति बैठक सम्पन्न, मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई


अंकुरण खबर
1.183K
Shares

जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष नेतालाई दिएको छ । बुधबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागि हुने मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको कार्यकारिणी सदस्य रामसहाय यादवले जानकारी दिए ।

यादवका अनुसार परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको छ ।

मंगलबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनले मन्त्रालय बाँडफाँडमा सहमति जुटाएपछि जसपाले आफ्नो भागमा परेको मन्त्रालयका लागि मन्त्री छान्ने तयारी गरेको हो ।