अमेरिकाको डाईभर्सिटी भिसा (डीभी) का लागि आवेदन बुधवार रातिबाट खुलेको छ ।
सन् २०२३ का लागि आवेदन बुधवार राति ९ः४५ बजेबाट खुलेको हो । डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू र्भनुपर्नेछ। आवेदन दिनेहरुले तलका उल्लेखित कुरामा ध्यान दिनुपर्छ दूतावासले आवेदन दिँदा यी कुराहरूमा ध्यान दिन आग्रह गरेको छ ।
१. आवेदनको लागि दिइएको निर्देशनहरुलाई ध्यानपूर्वक पालना गर्नुहोस् ।
२. आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नुहोस् ।
३. विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नुहोस् ।
४. वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्नुहोस् ।
५. डिभी भर्नको लागि १२ कक्षा पास वा सो सरहको योग्यता हुनुपर्नेछ। आवेदकसँग राहदानी अवश्य हुनुपर्नेछ।
डीभीको आवेदन निःशुल्क भर्न सकिन्छ । नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।