logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको मौसम, कस्तो रहला आगामी तीन दिनको मौसम ?


अंकुरण खबर
663
Shares

आज देशभर मौसममा आंशिकदेखि सामान्य बदली रही विभिन्न स्थानमा वर्षाको संभावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज धेरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहेर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कम्तीमा आगामी शनिबारसम्म मौसम यस्तै रही विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।