logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तानमा बिहानै भूकम्प जाँदा २० जनाको मृत्यु


अंकुरण खबर
1.339K
Shares

पाकिस्तानमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार बिहान ३ बजेतिर दक्षिणी पाकिस्तानको बलोचस्तानमा ५.७ म्याग्नेच्युडको भूकम्प जाँदा २० जनाको मृत्यु भएको हो ।

भूकम्पले केही घर भत्काउँदा एक बच्चा र ६ जना महिलासहित २० जनाको मृत्यु भएको छ ।

भूकम्पको केन्द्रबिन्दु रहेको हारनाई शहरमा भूकम्पबाट सबैभन्दा धेरै प्रभावित भएको बताइएको छ। केन्द्रबिन्दुदेखि १७० किलोमिटर टाढा रहेको प्रान्तीय राजधानी क्वेटासम्म पनि भूकम्पको धक्का महशुस गरिएको थियो। एजेन्सी