नेकपा (एकीकृत समाजवादी)ले मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाएको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकमा मन्त्रालयको संख्या कम भएको निष्कर्ष निकाल्दै त्यसबारे सत्ता गठबन्धनमा कुरा राख्ने निर्णय गरेको नेता विरोध खतिवडाले जानकारी दिए ।
यस्तै बैठकले मन्त्रालय परिमार्जन गर्न पनि माग गरेको छ । योसँग एकीकृत समाजवादीले तत्काल मन्त्री पठाउने सम्भावना न्यून छ । सरकारले विहीवार नै मन्त्रिपरिषद विस्तार गरेर शपथ समेत गराउने योजना बनाएको थियो ।
एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने बताउदै आएको छ । तर सत्तारुढ दलको मन्त्रालय भागबण्डा गर्दा एकीकृत समाजवादीको भागमा ४ मन्त्रालय परेको छ ।
बैठकपछि अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धनको बैठकमा सहभागी थिए । बालुवाटारमा जारी वैठकमा प्रदेश १ र वाग्मती प्रदेश सरकारको नेतृत्वको टुंगो लगाउने विषयमा छलफल भैरहेको बताइएको छ ।