अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार १ डलरको मूल्य नेपाली १ सय २० रुपैयाँ २७ पैसा पुगेको हो ।
बुधबारको तुलनामा एकै दिन डलरको भाउ ८५ पैसाले बढेको छ । २०७८ बैशाख १३ गते १सय २० रुपैयाँ ३२ पैसासम्म पुगेको डलर त्यसयता निरन्तर घटिरहेको थियो ।
डलरको भाउ यही बीचमा १ सय १६ रुपैयाँ २१ पैसासम्म आएको थियो । बीचमा लामो समय डलरको भाउ कम हुँदा विदेशमा काम गर्ने नेपालीहरु रेमिटेन्स पठाउन निरुत्साहित भएका थिए । यही कारण पनि साउनमा रेमिटेन्स १५ अर्ब रुपैयाँ हाराहारीले घटेको थियो ।
पछिल्लो दुई सातायता डलरको भाउ बढ्न थालेको हो ।