logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रोत नखुलेको रकम सहित एक जना पक्राउ


अंकुरण खबर
988
Shares

वीरगंज महानगरपालिका १६ शंकराचार्य गेटबाट श्रोत नखुलेको ३ लाख ७८ हजार नेपाली रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारत बिहार राज्य ग्राम पञ्चायत रक्सौल ४ बस्ने २५ वर्षीय सुजित कुमार गुप्तालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको विआर २२ सी २७६३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक गुप्तालाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।