मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिन सत्ता गठबन्धनबीच सहमति भएको छ ।
आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनबीच सहमति भएको हो ।
बालुवाटार स्रोतका अनुसार बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको छ ।
सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् भने जनमोर्चाले सरकारमा सहभागि नुहने यसअघि नै बताइसकेको छ ।