logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थप ८०५ जनामा कोरोना संक्रमण, आठ जनाको मृत्यु


अंकुरण खबर
871
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ८०५ जना कोरोना संक्रमित थपिएका छन् ।

७,२६४ जनामा गरिएको पिसिआर परीक्षणबाट ६६७ र ३,४०८ जनामा गरिएको एन्टिजेन परीक्षणबाट १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,००,२८२ जनामा र एन्टिजेन परीक्षणबाट ९२,७९० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

मन्त्रालयका अनुसार आज ९११ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७३,१४० पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२०० पुगेको छ ।

हाल देशभरिमा १५,९४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये १४,७२८ जना होम आइसोलेसनमा र १,२१४ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।