logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज मन्त्रिपरिषद् विस्तार हुँदै, एकीकृत समाजवादीबाट यी मन्त्री बन्ने


अंकुरण खबर
845
Shares

आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।

आज(बिहिबार)गठबन्धनको सहमति अनुसार मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार गठन गरेको  तीन महिना पछि गठबन्धनमा बिहीबार बनेको सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मन्त्रीको शपथ अपराह्न ४ बजे गर्ने तयारी छ । बालुवाटारमा बिहीबार भएको सहमितअनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ५, जसपा र नेकपा एकीकृत समाजवादीले ४–४ मन्त्रालय पाउने छन् । त्यसअघि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले मन्त्री हुनेको नाम टुंग्याउँदैछन् ।

मन्त्रालय भागबण्डामा नेकपा एकीकृत समाजवादीबाट शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठ मन्त्री बन्ने छन् ।

त्यस्तै जसपाले भौतिक पुर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा वातावरण पाउने भएको छ ।

कांग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, सञ्चार तथा सूचना प्रविधिसहितका मन्त्रालय पाएको छ ।

नेकपा माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाएको छ ।