logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज लगानी बोर्डको बैठक बस्दै


अंकुरण खबर
845
Shares

लगानी बोर्डको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज अपरान्ह् ४ बजे बैठक बस्न लागेको हो ।

बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृति लगातयका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।

दोलखामा रहेको जुमखोला जलविद्युत परियोजनाको १० अर्ब सम्मको लागनी स्विकृती, अरुण तेश्रो जलविद्युत आयोजनाको ६० अर्ब भन्दा बढिको लगानी स्विकृतीका साथै माथिल्लो कर्णालीको वित्तिय ढांचाको सुनिश्चितताका सन्दर्भमा समेत निर्णय हुने बोर्ड श्रोतले जनाएको छ ।

बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्ने छ । त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि पारित गरिने बोर्डले जनाएको छ ।