जनता समाजवादी पार्टीले मन्त्री बन्नेको टुंगो लगाएको छ ।
जसपाले चार मन्त्री पाएको छ । जसअनुसार जसपा अध्यक्षले उपेन्द्र यादवले प्रदेश २ बाट रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह तथा बागमतीबाट राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्री नराख्ने भएपछि अध्यक्ष उपेन्द्र यादव भने सरकारमा नजाने भएका छन्।