logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु


अंकुरण खबर
897
Shares

सुनसरीकाे दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेलकाे घटनास्थलमै मृत्यु भएकाे हाे।

बिहीबार बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको NL 02 Q 0134 नम्बरको LP ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ बर्षीय चन्दन कुमार ताति ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका र घटनाको बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे  छ ।