logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

भक्तपुरमा २७ वर्षीया महिला बलात्कृत


अंकुरण खबर
1.053K
Shares

भक्तपुरमा २७ वर्षीया महिला बलात्कृत भएकी छन् ।

महिलालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–९ नलिन्चोक बस्ने ३३ वर्षीय विजय महतोलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

असोज १९ गते सोही नगरपालिका–१० चित्तपोलस्थित रिसोर्टमा विजयले ती महिलालाई डर त्रास देखाई बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ  महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।