राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
आज शुक्रवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेकी हुन्।
आजै बेलुकासम्म मन्त्रीहरूको शपथ ग्रहणको तयारी छ । कांग्रेस सभापति देउवाले आफ्नो पार्टी नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा *एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्।
सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादीले पाँच, जसपा र एकीकृत समाजवादीले चाररचार मन्त्री पाउने छन् ।
अहिलेसम्म कांग्रेसबाहेक सबैले मन्त्रीको टुङ्गो लगाइसकेका छन् । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएका छन् ।