प्रतिनिधि सभाको बैठक असोज २५ गते सोमबारसम्मका लागि स्थगित भएको छ ।
आज अपरान्ह १ बजे शुरु भएको बैठक करिब ४० मिनेट बसेर स्थगित भएको हो ।
बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न विधेयक निर्णयार्थ पेश गरेका थिए ।