logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा थपिए ७४६ संक्रमित, १० जनाको मृत्यु


अंकुरण खबर
819
Shares

पछिल्लो २४ घन्टामा देशभरिमा ७४६ जना कोरोना संक्रमित थपिएका छन्।

९,४६६ जनामा गरिएको पिसिआर परीक्षणबाट ७१५ र १,२२२ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ८,००,९९७ जनामा र एन्टिजेन परीक्षणबाट ९२,८३९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार आज १,०३३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,७४,१७३ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,२१० पुगेको छ।

अहिले देशभरिमा १५,६१४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। तीमध्ये १४,४६१ जना होम आइसोलेसनमा र १,१५३ जना संस्थागत आइसोलेसनमा उपचाररत छन्।