logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीशले नैतिकता गुमाउँदा गैर सांसद् मन्त्री बने : कमल थापा


अंकुरण खबर
1.326K
Shares

मन्त्रिमण्डल विस्तारबारे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बिरोध जनाएका छन् ।

सरकार गठन भएको ८८ दिनपछि पूर्णता पाएकै दिन आज अध्यक्ष थापाले सामाजिक सञ्जाल मार्फत प्रधानन्यायाधीशले नैतिकता गुमाएका कारण कानुनी राज्यको चिरहरण गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष थापाले गैर सांसद गजेन्द्रबहादुर हमाललाई उद्योगमन्त्रीमा नियुक्त गर्नु लज्जाको बिषय रहेको टिप्पनी गरेका छन् ।

अध्यक्ष थापाले लेखेका छन् ‘वर्तमान गठबन्धन मन्त्रिपरिषदमा एक ‘निर्दलीय’ व्यक्तिको सहभागिताले ‘परमादेश’ लेनदेनको आधारमा भएको प्रमाणित भएको छ।’