आज आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको संभावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
अहिले बिहान प्रदेश १ र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।