logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दशैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरि मनाईदै


अंकुरण खबर
2.314K
Shares

नेपालीहरूको महान चाड बडादशैँ अन्तर्गत नवरात्रको आज तेस्रो दिन ।

आज चन्द्रघण्टा भगवतीको विशेष पूजा गरेर मनाईदै छ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन् ।

घटस्थापनादेखि जलपूर्ण घडा (कलश)को वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ । चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

नवरात्रमा माता भगवतीलाई जमरा मन पर्ने भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने आइएको धार्मिक विश्वास रहेको छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।