logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको कोटाबाट हमाल मन्त्री बने,बिरोध गर्नुको कुनै तुक छैन् : प्रचण्ड


अंकुरण खबर
1.742K
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको जीकिर गरेका छन् ।

न्यायलयको कोटाबाट गैर सांसद् हमाललाई मन्त्री बनाएको भन्दै चौतर्फि बिरोध भैरहेका बेला शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले कांग्रेसको कोटाबाट हमाल मन्त्री बनेकाले अनावश्यक हल्ला गर्नुको कुनै तुक नभएको जीकिर गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान पर्ने गजेन्द्र हमाललाई नियुक्त गरेका थिए ।

पत्रकारहरुले न्यायालयले भागबण्डा खोजेको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँ कांग्रेसको पहिलाको अध्यक्ष नै हुनुहुन्थ्यो । नेपाली कांग्रेसकै कोटाबाट मन्त्री हुनुभाछ । होहल्ला गर्नु आवश्यक नै छैन । अनावश्यक हल्ला गर्नुमा केही तुक छैन ।’

संविधान बनिसकेपछि पनि मुलुकमा धेरै पटक गैर सांसद मन्त्री बनेको उदाहरण रहेकाले यसमा अन्यथा लिनु पर्ने कारण नरहेको अध्यक्ष प्रचण्डको जीकिर थियो ।